अब निर्माण व्यवसायीको बक्यौता रकम रोकिन्न : प्रधानमन्त्री

२०८० चैत्र १६, शुक्रबार

हेटौँडा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिको सरकारमा अर्थमन्त्रीसँग तालमेल नमिल्दा देशको अर्थतन्त्रले सही दिशा समात्न नसकेको बताएका छन् ।

निर्माण व्यवसायी महासंघको २५ औँ साधरणसभालाई हेटौंडामा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकारले एउटा बाटो लिएको अवस्थामा तत्कालीन अर्थमन्त्री प्रकाश शरण महतले सहयोग नगरेको उल्लेख गरे । आफू देशमा अर्थतन्त्र खस्किएको अवस्थामा नेतृत्वमा आएको तर आफ्नो अर्थतन्त्रलाई दबाबमुक्त बनाउन आफू र तत्कालीन अर्थमन्त्रीको ट्युनिङ नमिलेको कारण अप्ठ्यारोमा परेको बताए ।

उनले भने, ‘अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्ने अर्थमन्त्री अर्कोतिर कुद्ने कामले काम हुन सकेको थिएन,तर यो पटक कुरा मिलेको छ अब निर्माण व्यवसायीको बक्यौता रकम रोकिन्न ।’ देशको अर्थतन्त्रले अहिले आएर सही दिशा समातेको बताउँदै उनले अर्थतन्त्रलाई दबाबमुक्त बनाउने तर्फ सरकारको ध्यान गएको प्रधानमन्त्रीको भनाइ रहेको छ । देशको अर्थतन्त्र खस्किनुमा आन्तरिक र बाह्य प्रभाव रहेको भन्दै दाहालले बाह्य प्रभाव रोक्न आफूहरूको प्रयास मात्र काफी नहुने तर आन्तरिक समस्या निराकरणको लागि सरकारले दैनिक छलफल गरेर अघि बढेको बताए ।

प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवस्था क्षेत्रमा भएको अनियततालाई रोक्न व्यवसायी संघपनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार