अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित

२०८२ माघ २५, आईतवार

काठमाडौँ : भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

१८३ रनको लक्ष्य न्यूजिल्यान्डले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टिम शेफर्टले विष्फोटक इनिङ खेले । ४२ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्धतमा ६५ रन जोडे । यस्तै, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८, डेरिल मिचेल २५ तथा मिचेल सान्टनर १४ रनमा नटआउट रहे ।

बलिङतर्फ अफगानिस्तानका मुजीब रहमानले दुई तथा अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट लिए ।

त्यसअघि चेन्नईको एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो ।

उसका लागि गुलबदिन नइबले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले ६३ रनको योगदान दिए । यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए ।

बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार