काठमाडौं : रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ ।
यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोना विरुद्धको अंकदूरी १ मा झारेको छ । रियलले २७ खेलबाट ६३ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६४ अंक छ । अउरेलियम चुवामेनीले खेलको ११औं मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
सेल्टाका बोर्जा इग्लेसिसले २५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । बराबरीतर्फ अग्रसर भइरहेको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा भलभर्डेले गोल गर्दै रियललाई जित दिलाएका हुन् ।









