काठमाडौं : पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् ।
१८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हुमबहादुर सुनारी मगरले ९५१ मत प्राप्त गरे ।









