काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ मा निशा डाँगी निर्वाचित भएकी छन् ।
उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली कांग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। गत निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहे । उनले १० हजार ४ मत ल्याए।
नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरे।









