इरान आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो

२०८२ फाल्गुन २३, शनिबार

गोरखा : संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव आज नेपाल ल्याएर अन्येष्टी गरिएको छ ।

नेपाली दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो । मृतकको शव पशुपति आर्यघाटमा आजै अत्येष्टी गरिएको भीमसेन थापा-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । उनन्तिस वर्षीय श्रेष्ठको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गएको आइतबार निधन भएको थियो ।

अबुधाबीमा रहेको मिडिल इष्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीनवर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ गएका थिए । गत असोजमा नेपाल आएर उनी पुनःदुबई फर्किएका थिए । मृतक श्रेष्ठको बुवा, आमा र एक बहिनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार