इरान युद्धका कारण हाम्रो सामु आर्थिक, राष्ट्रिय सुरक्षा र मानवीय चुनौती थपिएको छ : मोदी

२०८२ चैत्र ९, सोमबार

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरान युद्धले भारतमा नयाँ चूनौति खडा गरिदिएको बताएका छन् । आज लोक सभालाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।

उनले भने,‘अध्यक्ष महोदय, भारतको सामू पनि यो युद्धले अप्रत्यासित चूनौति खडा गरिदिएको छ, यो चूनौति आर्थिक पनि छ, राष्ट्रिय सुरक्षासँग पनि जोडिएको छ, र मानवीय चूनौति पनि छ । युद्धरत र यो युद्धबाट प्रभावित देशहरुसँग भारतको व्यापक व्यापरिक सम्बन्ध छ, जुन क्षेत्रमा युद्ध भइरहेको छ, त्यो दुनियाँको दोस्रो देशसँग व्यापारको लागि हाम्रो लागि पनि महत्वपूर्ण मार्ग हो । कच्चा तेल र ग्याँसको हाम्रो जरुरीको ठूलो हिस्सा यही क्षेत्रले पूरा गर्दछ, हाम्रो लागि यो रिजन अर्को कारणले पनि महत्वपूर्ण छ, हाम्रा भारतीय एक करोड जनता खाडी देशमा बस्छन्, त्यहाँ काम गर्छन् ।’

इरान युद्धको सुरुवातमै आफूले गम्भीर चिन्ता व्यक्त गरेको र पश्चिम एशियाका सबै नेताहरुसँग कुराकानी गरेको उनको भनाई छ । उनले ती नेताहरुसँग युद्ध समाप्त गर्नको लागि आग्रह गरेको पनि बताए । उनले स्ट्रेट अफ हुर्मज मार्ग बन्द गरिएकोलाई अस्विकार्य भनेका छन् । भारतीय जहाजको निरन्तर आवागमनको लागि निरन्तर प्रयास भइरहेको उनको भनाई छ । उनले भारतले सधैं मानवता र शान्तिको पक्षमा आवाज उठाउँदै आएको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार