सिकार खेल्न जाँदा बेपत्ता युवकको शव फेला

२०८२ चैत्र ९, सोमबार

बर्दिया : दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले बताए । सिकार खेल्न गएका अन्य पाँच जना भने बर्दिया हुँदै भारततर्फ फरार भएको प्रहरीले जनाएको छ ।

फरार भएकामा बराहताल गाउँपालिका–१ ज्यामिरेका रेशम सम्सेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल सम्सेली, दुर्गाबहादुर सिंजाली रहेको प्रहरी प्रमुख शााहीले बताए । उनका अनुसार बर्दियास्थित इलाका प्रहरी कार्यालय बगनाहाको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार