काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरुसँगको वार्ता सकारात्मक भएको भन्दै इरानविरुद्धको अमेरिकी आक्रामण पाँच दिनका लागि रोक्ने निर्णय भएको बताएका छन् । सिएनएले भर्खरै ट्रम्पको भनाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशन गरेको छ ।
स्ट्रेट अफ हर्मुज तत्काल खुला नगरिए इरानका ठूलो उर्जा केन्द्रहरुमा आक्रमण गर्ने घोषणा गरेका ट्रम्पले आज इरानी अधिकारीहरुसँग सकारात्मक वार्ता भएको भन्दै अब पाँच दिनको लागि कुनै आक्रमण नगर्ने घोषणा गरेका हुन् ।









