ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ चैत्र ९, सोमबार

चितवन : यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ वर्षीया मीना रेग्मी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरको पछाडि सवार रेग्मीको मृत्यु भएको हो । सो ट्याङ्करले रोकिराखेको ना६५प ७८८३, ना५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो । स्कुटर चालक भरतपुर महानगरपालिका–७ का पूर्ण सापकोटा सामान्य घाइते हुनुभएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार