इटाली यूईएफए क्षेत्रीय छनोटको प्लेअफमा

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं : इटालीले नर्थन आयरल्यान्डलाई २–० ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको छ ।

बर्गामोमा भएको खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २-० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इटालीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुरक्षित गर्‍यो। खेलको ५६औं मिनेटमा मिडफिल्डर सान्द्रो टोनालीले बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८०औं मिनेटमा मोइसे किनले अर्को गोल थप्दै जित पक्का गरे।

पहिलो हाफमा भने इटालीले केही दबाब महसुस गरेको थियो। युवा खेलाडीहरूले भरिएको उत्तरी आयरल्याण्डले राम्रो चुनौती दिए पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। इटालीले अब फाइनल चरणमा बोस्निया–हर्जेगोभिना सँग खेल्नेछ। उक्त खेल जित्ने टोलीले विश्वकपको समूह ‘बी’ मा स्थान बनाउनेछ जहाँ क्यानडा, स्वीट्जरल्याण्ड र कतार रहेका छन्।

इटालीका लागि यो जित निकै महत्वपूर्ण मानिएको छ, किनभने टोली लगातार तेस्रो पटक विश्वकपबाट बाहिरिने जोखिममा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार