फिल्म ‘यानीमाया’ को फस्टलुक सार्वजनिक

२०८२ चैत्र १४, शनिबार

काठमाडौं : अभिनेता पल शाह लगानी रहेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’ मार्फत निर्माता बन्दैछन्। जुन फिल्मको छायांकन जेठको १ गतेबाट सुरु हुँछैन।

फिल्म छायांकनमा जानुअघि  निर्माणपक्षले आज  ‘यानीमाया’ फस्टलुक सार्वजनिक गरेको छ। यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्। सार्वजनिक पोस्टरमा अभिनेता पलसहित  नव–नायिका अञ्जना मगरको जोडी देख्न सकिन्छ। दुबैजना पोस्टरमा निकै प्रेमिल देखिएका छन्।

यस फिल्मलाई ओम प्रतिकले निर्देशन गर्दैछन्। ओमले फिल्म ‘मोहर’लाई निर्देशन गरेका थिए, जसमा नायक पल शाह मुख्य भूमिकामा थिए। यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए। यस फिल्ममा पल शाह र चन्द्र ज्योती आलेको लगानी रहनेछ। ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ। यसैले, पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार