चर्चित हलिउड र्‍यापर कोस्टा टिचको स्टेजमै ढलेर निधन

२०७९ फाल्गुन ३०, मंगलवार १२:१९ बजे

दक्षिण अफ्रिकाका चर्चित र्‍यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्या महरुका अनुसार उनको २७ वर्षकाे उमेरमा निधन भएको हो । कोस्टा मार्च ११ मा जोहानेसबर्गमा भएको अल्ट्रा म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । स्टेजमा गीत गाउँने क्रममा उनी बेहोस भएर लडेका थि ए । त्यहि क्रममा उनको नि धन भएको हो ।

कोस्टाको अन्तिम कन्सर्टको भिडियोले सामाजिक सञ्जालमा अहि ले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा कोस्टा स्टेजमा प्रस्तुति दिइरहेका छन् । यस क्रममा उनी दुई पटक लडिरहेको देखिन्छ । उनले एकपटक आफूलाई लड्न बाट सम्हाल्छन् । तर, केही समयपछि उनी पुन लडिरहेको भिडि योमा देख्न सकिन्छ ।

कोस्टाको निधनको कारण भने खुल्न सकेको छैन । उनको निधनको खबर सार्वजनिक हुने बित्तिकै सबै कलाकार, संगीत क्षेत्र र उनका फ्यानहरु स्तब्ध भएका छन् । कोस्टाको जन्म सन् १९९५ मा नेल्सप्रु टमा भएको थियो । कोस्टा ‘एक्टिभेट’ र ‘नकलकथा’ जस्ता हिट फिल्मका लागि परिचित थिए । उनले हालै अमेरिकी गायक एकोनसँगको रिमिक्स गीत गाएका छन् । उनको अचानक मृत्युले दक्षिण अफ्रिकी संगीत उद्योगलाई ठूलो क्षति पुर्‍याएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार