
काठमाडाैं : चलचित्र विकास बोर्डले फिल्मको पटकथा लेखन तथा निर्देशन विषयमा तीन दिने कार्यशाला आयोजना गर्ने भएको छ। भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा चैत ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो।
चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला बिहान १०:३० देखि दिउसो ३:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ। यो कार्यशालामा सहभागी हुन शुल्क लाग्ने छैन।
अनुपम बर्वे भारतीय निर्देशक र चलचित्र शिक्षक हुन्। उनी पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए। उनले पुणे विश्वविद्यालयबाट पर्फमिङ आर्ट र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्। उनी यतिबेला नाटक ‘उछाड’ निर्देशन गरिरहेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।