हङकङको क्यान्डी कारखानामा मेसिनमा खसेर कामदारको मृत्यु

२०७९ माघ २, सोमबार १५:४९ बजे

हङकङ : हङकङस्थित एक क्यान्डी कारखानामा मिक्सिङ मेसिनमा खसेर ६४ वर्षीया कामदारको मृत्यु भएको छ। सोमबार बिहान साढे ८ बजे सुएन वानस्थित सा सुइ रोडको सुपरलक इन्डस्ट्रियल सेन्टरमा सो घटना भएको थियो। ‘एक कामदारले प्रहरीलाई महिला उनको महिला सहकर्मी मिक्सिङ मेसिनमा खसेको भन्दै फोन गरिन्,’ प्रहरी प्रवक्ताले भने।

सो दुर्घटनामा पीडितको करङ र कुम भाँचिएको थियो हो भने हात जलेको थियो। घाइते अवस्थामा उनलाई यान चाइ अस्पताल पुर्याइएको थियो। १० बजेलगत्तै उनको मृत्यु भएको छ। खुट्टा चिप्लेर ती महिला ८८ सेन्टिमिटर अग्लो मेसिनमा खसेकी थिइन्। जसमा त्यतिबेला चिनी र पानी मिसाइँदै थियो।

ती महिला कारखाना प्रमुखकी आमा भएको बताइएको छ। यो घटनालाई औद्योगिक दुर्घटनाअन्तर्गत राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार