नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

२०७९ चैत्र २, बिहीबार ०९:३२ बजे

काठमाडौँ : नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि क्रिकेट मैदान पुगेका छन् । 

खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् । 

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।  लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ ।  युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार