कैलालीमा ट्याक्टर दुर्घटना,चालकको मृत्यु

२०७९ चैत्र २, बिहीबार १५:१८ बजे

धनगढी : कैलालीमा ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । बुधबार राति गोदावरी नगरपालिका-३ चौकिडाँडामा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार