ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

२०८२ फाल्गुन २३, शनिबार

गलकोट : बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ ।

ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार भइरहेकाले थप सर्तकता अपनाउनका लागि फागुन २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिए ।

दादुराको सङ्क्रमण बढेकाले ढोरपाटन नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीले सङ्कलन गरेको पाँच वटा स्वाब परीक्षण गर्दा दादुरा सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए । उनका अनुसार ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । सङ्क्रमण थप फैलिन नदिन नगरपालिकाले उच्च सतर्कता अपनाउन र दादुराको लक्षण देखिए अस्पताल आउन आग्रह गरेको छ ।

नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार