प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : स्वर्णिम वाग्ले

२०८२ फाल्गुन २३, शनिबार

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज यहाँ कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उहाँले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताए । डा वाग्लेले भने, “जिम्मेवारी ठूलो छ ।

तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक यहाँबाठ विजयी गराइदिनुभयो, त्यसको महत्त्व, आशा र भरोसालाई लत्याउने छैन । यहाँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार