काठमाडौं : सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, परीक्षा लिम्बु स्टारर फिल्म ‘हिमालयन गोल्ड’को टिजर हलहरूमा रिलिज भएको छ ।
यो फिल्मको कथासार छ- ‘दुर्लभ हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न निस्किएकी एक ग्रामीण युवतीको यात्रा पहाडमा लुटेराहरूको निर्दयी गिरोहसँग जम्काभेट भएपछि बाँच्नका लागि गरिने भयावह सङ्घर्षमा परिणत हुन्छ ।’
फिल्मको बटमलाइन राखिएको छ, ‘ सबैभन्दा बहुमूल्य खजाना नै सबैभन्दा गहिरो विश्वासघात हो ।’ यो फिल्मको निर्देशन धीरज राजवंशीले गरेका हुन् । दीपेन्द्र गौचनसँग मिलेर राजवंशीले पटकथा लेखेका हुन् ।
फिल्मको शीर्ष भूमिका सोनमको भूमिकामा परीक्षा छिन् भने मेनुकाले उनकी आमाको रोल गरेकी छन् ।



