काठमाडौं : ‘पच्चीस पच्चीस’ नामबाट फिल्म निर्माण हुने भएको छ ।
सोमबार दरबारमार्गस्थित कासा लाउन्जमा एक कार्यक्रम गर्दै कर्ण इन्टरटेनमेन्टले फिल्म घोषणा गरेको हो । फिल्म सुब्रत आचार्यले निर्देशन गर्न लागेका हुन् । आचार्यले यसअघि ‘अधकट्टी’, ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए । फिल्मका निर्माता कर्ण कार्की हुन् । फिल्ममा अभिषेक खड्का, खुसी कार्की, प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ ।
कथा सुब्रत आचार्य र जया आचार्यको रहेको भने पटकथा सुशील देवकोटाले तयार गरेका हुन् । फिल्म हरि हुमागाईंले खिच्नेछन् । छिट्टै छायांकन सुरु हुने बताइएको फिल्मले सामाजिक–कमेडी कथा पस्कने निर्देशक आचार्यले बताए ।



