काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५० रूपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले बढेर ४ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।



