सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

२०८३ श्रावण १९, मंगलवार

काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ४.५४ प्रतिशतले वृद्धि भएको हो।सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै खुद शुल्क तथा कमिसन आम्दानी पनि उल्लेख्य रूपमा बढ्दै १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँबाट १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको मुख्य व्यवसायिक आम्दानीमा सकारात्मक सुधार देखाएको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८.५९ प्रतिशतले बढेर १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीसँगै सञ्चालन मुनाफा पनि ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ, जसले सञ्चालन दक्षता बलियो रहेको संकेत गर्दछ।बैंकको प्रतिशेयर आम्दानी २२.७६ रुपैयाँबाट बढेर २३.०६ रुपैयाँ पुगेको छ। खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ।

यद्यपि, बैंकको आधार दर ६.४२ प्रतिशतबाट घटेर ५.०२ प्रतिशतमा झरेको छ, जसले आगामी कर्जा विस्तारमा सहयोग पुग्न सक्ने देखिन्छ।सिद्धार्थ बैंकको चुक्ता पूँजी बोनस सेयर वितरणपछि १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँबाट बढेर १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंकको रिजर्भ कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित रहेको छ।

यद्यपि, वितरणयोग्य मुनाफा भने अघिल्लो वर्षको १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ, जसले लाभांश क्षमतामा केही दबाब पर्ने संकेत गरेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। कर्जा लगानी २ खर्ब १४ अर्ब ४५ करोड ६४ लाख रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ पुगेको छ। निक्षेप र कर्जा दुवैमा भएको विस्तारले बैंकको व्यवसायिक आकार थप सुदृढ बनेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार