युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

२०८३ श्रावण १९, मंगलवार

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी रेना रिजाललाई दिइएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले रिजाललाई निमित्त सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म निमित्त सीईओ तोकिएको छ। हाल उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छिन्।

सीईओबाट नारायणकुमार भट्टराईले राजीनामा दिएपछि रिजालले निमित्त सीईओ जिम्मेवारी पाएकी हुन्। सोही बैठकले भट्टराईको राजीनामा पनि स्वीकृत गरेको छ।

कम्पनी सञ्चालक समितिको २०८२ चैत १० गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको थियो। सीईओ बनेको छोटो समयमै उनी राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सबाट बाहिरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार