एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

२०७९ चैत्र १, बुधबार २१:०९ बजे

काठमाडौं : एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१,०००/- प्रदान गर्ने घोषणा गरेको छ ।


यस बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसीले भने, “खेलाडीहरु राष्ट्रका गौरव हुन। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ। “


२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोली हुन गईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ। भोलीको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ। यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।


सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार