शिवम् सिमेन्ट्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष ३०, शनिबार १८:४१ बजे

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबारका हेटौंडामा भएको साधारण सभाले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी पाँचजना संचालकहरु निर्वाचित गरेको छ। नवनिर्वाचित संचालकहरुको बैठकले संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयनसमेत गरेको छ ।

सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम नेपाल सरकारका पूर्वसचिवसमेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदनसमेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको छ ।

साधारण सभाले कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार