युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

२०७९ माघ ४, बुधबार १०:२४ बजे

काठमाडौं : युक्रेनी राष्ट्रपति भ्लादीमिर जेलेन्स्कीका सल्लाहकारले राजीनामा दिएका छन्। सल्लाहकार ओलेक्सी अरेस्टोभिचले एउटा विवाददास्पद भनाईपछि पदबाट राजीनामा दिएको बिबिसीले जनाएको छ। डिनिप्रोको एउटा भवनमा खसालेको रूसी क्षेप्यास्त्रलाई किभले खसालेको भन्दै ४४ जनाको मृत्यु भएको अभिव्यक्ति दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन्।

उनले पछि माफी मागे र आफूले गल्ति गरेको समेत बताए। ‘म पीडित र तिनीहरूका आफन्त, डिलिप्रोका बासिन्दासमक्ष आफ्नो अभिव्यक्तिले पुर्‍याएको चोटमा माफी माग्न चाहन्छु’, उनले यसबारे टेलिग्राममा लामो पोस्टसमेत लेखेर माफी मागेका थिए। तर उनको टिप्पणीले देशमा व्यापक विरोध भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अरेस्टोभिचको राजीनामाको निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार