चितवनको सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला

२०७९ चैत्र १, बुधबार ११:०२ बजे

चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला परेको छ। कलेजको पार्किङ क्षेत्रमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

आज फेला परेको उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौं’ लेखिएको छ। डिएसपी पण्डितले उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय भइरहेको बताए। यसअघि गत फागुन २९ गते भरतपुर–२६ दिव्यनगरस्थित उमावडी शेरचन कलेजको गेट नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो।

चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। गत मंगलबार विभिन्न क्याम्पसहरूमा विद्यार्थीले लगाएको ताला प्रहरीले फोडेको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार